सरकारले हटायाे गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुख

 बैशाख २०, २०७८ सोमबार १७:७:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई हटाएको छ । मन्त्रिपरिषद्को बैठकले गण्डकीका प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशका प्रमुख शर्मिलाकुमारी पन्तलाई हटाउने निर्णय गरेको हो ।

दुवै प्रदेशमा माओवादी निकटका प्रदेश प्रमुख थिए । प्रदेश प्रमुखका कारण गण्डकीमा एमाले सरकारले मनपरी गर्न नपाएको र सुदूरपश्चिममा माओवादीको सरकारलाई सजिलो बनाइदिएको सरकारका मन्त्रीहरूले बताउँदै आएका थिए ।

सरकारले अब गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गङ्गाप्रसाद यादवलाई प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।  

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया