गण्डकी प्रदेश प्रमुखमा पाैडेल र सुदूरपश्चिममा यादव नियुक्त

 बैशाख २०, २०७८ सोमबार १७:२१:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेकाे छ । सोमवार बसेकाे मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गङ्गाप्रसाद यादवलाई प्रदेश प्रमुखमा नियुक्त गर्नुभएकाे हाे । 

यसअघि गण्डकीका प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिमकी प्रदेश प्रमुख शर्मिलाकुमारी पन्त पदमुक्त भएपछि उहाँहरूकाे ठाउँमा पाैडेल र यादवलाई नियुक्त गरिएकाे हाे । 

दुवै प्रदेशमा माओवादी निकटका प्रदेश प्रमुख थिए । प्रदेश प्रमुखका कारण गण्डकीमा एमाले सरकारले मनपरी गर्न नपाएको र सुदूरपश्चिममा माओवादीको सरकारलाई सजिलो बनाइदिएको सरकारका मन्त्रीहरूले बताउँदै आएका थिए । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया