नवनियुक्त प्रदेश प्रमुख पाैडेल र यादवद्वारा शपथ ग्रहण

 बैशाख २०, २०७८ सोमबार १९:५१:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नवनियुक्त गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रमुखले साेमवार (आज) शपथ ग्रहण गर्नुभएकाे छ । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकीका प्रमुख सीताकुमारी पाैडेल र सुदूरपश्चिम प्रदेश गङ्गाप्रसाद यादवलाई शपथ ग्रहण गराउनुभएकाे हाे । 

राष्ट्रपति भण्डारीले शीतल निवासमा आयोजित कार्यक्रममा उहाँहरूलाई शपथ ग्रहण गराउनुभयो । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उपस्थित हुनुहुन्थ्यो ।

आजै राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा गण्डकीका प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तलाई पदमुक्त गरी नेपालको संविधानको धारा १६७ बमोजिम उहाँहरूकाे ठाउँमा पौडेल र यादवलाई नियुक्त गर्नुभएको हो ।  

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया