बिल गेट्स र मिलिन्डा गेट्सद्वारा सम्बन्ध विच्छेदको घोषणा

 बैशाख २१, २०७८ मंगलबार ८:१७:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - माइक्रोसफ्टका संस्थापक बिल गेट्स र उहाँकी पत्नी मिलिन्डा गेट्सले सम्बन्ध विच्छेद गर्ने घोषणा गर्नुभएको छ ।

धनाढ्य दम्पतीले २७ वर्ष लामो वैवाहिक सम्बन्ध अन्त्य गर्ने घोषणा गरेका बीबीसीले जनाएको छ । बिल गेट्स र मिलिन्डाले आफूहरुको लामो छलफलपछि अलग हुने निर्णय लिएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।  

विश्वकै धनी व्यक्तिमध्येका एक ६५ वर्षका बिल गेट्स र ५६ वर्षका मिलिन्डाको भेट माइक्रोसफ्ट कम्पनीमै भएको थियो । दुवैले सन १९९४ मा विवाह गरेका थिए । अलग भएपछि पनि दुवैले बिल एण्ड मिलिन्डा फाउन्डेसनको काम भने जारी राख्ने बताएका बताउनुभएको छ ।  

सन २००० मा स्थापना गरेको फाउन्डेसनले अहिलेसम्म विश्वभर झण्डै ५४ बिलियन डलरको सहयोग गरिसकेको छ । विश्वभर उदाहरणीय जोडीको रुपमा रहेको र सामाजिक कामबाट समेत सधैं चर्चामा रहने यो जोडीको सम्बन्ध विच्छेदले धेरैलाई आश्चर्यमा पारेको छ ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया