मोदीको निर्वाचन क्षेत्रका बासिन्दाको प्रश्न : सङ्कटमा प्रधानमन्त्री कहाँ हराए ?

 बैशाख २१, २०७८ मंगलबार ८:४२:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कोरोना महामारीमा साथ नदिएको भन्दै भारतको उत्तरप्रदेशका बासिन्दाहरुले प्रधानमन्त्री नरेन्द्र मोदीप्रति आक्रोश व्यक्त गरेका छन् ।

हिन्दुहरुको लागि संसारकै पवित्र सहर वाराणसी तथा आसपासमा क्षेत्रमा महामारी भयावह बन्दा पनि कुनै साथ नदिएको भन्दै त्यहाँका नागरिकले आक्रोश व्यक्त गरेका बीबीसीले जनाएको छ ।

मोदीले आफ्नै निर्वाचन क्षेत्रमा बढेको सङ्कटमा समेत साथ नदिएको उनीहरुको गुनासो छ । वाराणसीसहित उत्तर प्रदेशका नागरिकहरुले सङ्कटका बेला प्रधानमन्त्री कहाँ छन् भनेर सोधिरहेका बीबीसीले जनाएको छ ।

वाराणसी र आसपासमा अक्सिजन तथा अस्पतालमा शैया अभाव भएको छ । कयौँ मानिस अक्सिजन अभावमा छटपटाइरहँदा पनि शैया या अक्सिजनको व्यवस्था गर्न नसकिएको त्यहाँका अस्पतालहरुले जनाएका छन् । लकडाउन तथा प्रतिबन्धहरुका कारण अभावहरु झेल्दै गरेको र सङ्क्रमणदर पनि नघटेको स्थानीयबासीन्दाले बताएका छन् ।

भारतमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई करोड नाघेको छ भने दुई लाख २२ हजारभन्दा धेरैले ज्यान गुमाएका छन् । भारतको केन्द्रीय राजधानी दिल्लीका अधिकारीहरुले महामारी नियन्त्रणका लागि सेनासँग सहयोग मागेका छन् ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया