झापामा चट्याङ्ग लागेर प्रहरी सहायक निरीक्षककाे ज्यान गयाे

 बैशाख २१, २०७८ मंगलबार १०:१६:४७ | रासस
unn.prixa.net

झापा - झापाको भद्रपुर नगरपालिका–२ मा रहेको किच्चकबध प्रहरी चौकीका प्रमुख एवं प्रहरी सहायक निरीक्षक महादेव ठाकुरको चट्याङ्ग लागेर ज्यान गएकाे छ । 

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार सोमवार राति १०ः५५ बजेतिर गस्तीमा रहेको अवस्थामा चट्याङ्ग लागेर उनी घाइते भएका थिए ।

तत्कालै भद्रपुरको ओमसाइ पाथिभरा अस्पताल पुर्याउँदा चिकित्सकले उनकाे ज्यान गइसकेको जानकारी गराएका थिए।

मृतक प्रहरी सहायक निरीक्षक ठाकुर ४७ वर्षका थिए । भारतसँगको सीमा नजिक रहेको अस्थायी प्रहरी चौकीको टोली साइकल गस्तीमा निस्किएको थियो ।

 गस्तीमा खटिएका अरु प्रहरीहरु सुरक्षित रहेका छन् ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया