ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – इण्डियन प्रिमियर लिग (आईपीएल) २०२१ अनिश्चितकालका लागि स्थगित भएको छ ।
बायो बबलमा रहेका खेलाडीमा कोरोना भाइरसको सङ्क्रमण हुने क्रम बढ्दै गएपछि यस्तो निर्णय लिइएको हो ।
आईपीएलका प्रमुख बृजेश पटेलले समाचार एजेन्सी पीटीआईसँग भने, ‘बायो बबलभित्र कोरोना सङ्क्रमण हुने क्रम बढेपछि लिग अनिश्चितकालका लागि स्थगित गरिएको हो ।’
भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले एक विज्ञप्ति प्रकाशित गर्दै स्थानीय अधिकारी र प्रतियोगिता आयोजकले आईपीएलकाे यस सत्र तत्कालै अनिश्चितकालका लागि रोक्न आग्रह गरेपछि यस्तो निर्णय लिइएको जनाएको छ । बीसीसीआईको विज्ञप्तिमा भनिएको छ, ‘खेलाडी, सहयोगी कर्मचारी र अन्य सहभागीको स्वास्थ्य सुरक्षामाथि कुनै पनि किसिमको सम्झौता गर्न सकिन्नँ । कोभिडका कारण भारतमै अहिले निकै कठिन परिस्थिति उत्पन्न भएको छ । हामीले दुःखको अवस्थामा पनि सकारात्मक सन्देश दिन र खुसी साट्न प्रयत्न गरेका थियौँ, तर अब आईपीएलमा सम्बद्ध सबै व्यक्ति आईपीएलका खेलबाट बिदा भएर आ–आफ्ना परिवार र घर जाँदै हुनुहुन्छ ।’
गएकाे अप्रिल ९ बाट सुरु भएको यस संस्करणकाे आईपीएलमा २९ खेल भएका थिए । यी खेल रङ्गशालामा दर्शक विना नै खेलाइएका थिए ।
कोभिड–१९ बाट खेलाडी र खेल पदाधिकारी नै सङ्क्रमित भएपछि सोमवारका लागि तय भएको कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेङ्गलाेरबीचको खेल रद्द भएको थियो । मङ्गलवार पनि चेन्नई सुपर किङ्सका दुई कर्मचारी र सनराइजर्स हैदराबादका एक खेलाडीमा कोभिड–१९ पोजेटिभ देखिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।