संसद्काे विशेष अधिवेशनका लागि भाेलि र पर्सी सांसदकाे काेराेना परीक्षण गरिने

 बैशाख २१, २०७८ मंगलबार १४:२०:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आउँदो २७ गतेका लागि बोलाइएको संसद्काे विशेष अधिवेशनका लागि (बुधवार) भोलि र (बिहीवार) पर्सी  सांसदहरूको कोरोना परीक्षण गरिने भएको छ ।

संसद् भवन नयाँ बानेश्वरमा बिहान १० देखि बेलुका ५ बजेसम्म स्वाब सङ्कलन गरिने सङ्घीय संसद् सचिवालयले जनाएको छ । संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको विशेष अधिवेशनअघि सांसद, सचिवालयका कर्मचारी र मर्यादापालक लगायतको स्वाब सङ्कलन गरी कोरोना परीक्षण गर्न लागिएको  हो ।

वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन विशेष अधिवेशन बोलाइएको हो । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया