पाेस्टमार्टमका लागि शव लिएर सदरमुकाम जाँदै गरेकाे जीप दुर्घटना, ४ जनाकाे ज्यान गयाे

 वैशाख २१, २०७८ मंगलबार १६:३०:११ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

बैतडी – बैतडीमा जीप दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य ६ जना घाइते भएको छ ।

से १ ज १८३ नम्बरको जीप पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ को गणमेस्रमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरिशरण भट्टले जानकारी दिनुभयो । साेमवार (हिजो) चट्याङ लागेर ज्यान गुमाएका पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ का वडा सदस्य गोविन्दसिंह भण्डारीको शव पोस्टमार्टमका लागि लिएर सदरमुकाम जाँदै गरेको जीप दुर्घटनामा परेको प्रहरी निरीक्षक भट्टले जानकारी दिनुभयो ।

जीप दुर्घटनामा ज्यान गुमाउनेहरूमा वडा नम्बर ६ कै जीतसिंह भण्डारी, डम्मरसिंह भण्डारी, हिक्मत भण्डारी र दीपक भण्डारी रहेका प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया