पाकिस्तानमा विषाक्त धूवाँका कारण एकैदिन १५ हजार जनाभन्दा धेर...
कात्तिक २९, २०८१ बिहिबार
काठमाण्डाै – पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा मात्रै तीन हजार आठ सय ९३ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।
काठमाण्डौमा दुई हजार सात सय ७९ जना, लतिपुरमा ६ सय एक जना र भक्तपुरमा पाँच सय १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्ला केही दिनयता काठमाण्डाै उपत्यकालगायत ठूला सहर काेराेना सङ्क्रमणकाे हटस्पट बन्दै गएकाे छ । सङ्क्रमणकाे यही अवस्थालाई मध्यनजर गर्दै विभिन्न जिल्लामा पूर्ण तथा आंशिक प्रतिबन्ध लगाइएकाे छ ।
यस्तै पछिल्लाे २४ घण्टामा देशभर सात हजार ६ सय ६० जना काेराेना भाइरसका सङ्क्रमित थपिएका छन् भने थप ५५ जनाकाे ज्यान गएकाे छ ।
एकैदिनमा नयाँ सङ्क्रमण पुष्टि हुने र ज्यान गुमाउनेकाे यो सङ्ख्या अहिलेसम्मकै धेरै हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।