भारतमा एकैदिन चार लाख १२ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि

 वैशाख २३, २०७८ बिहीबार ७:५७:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतमा एकैदिन चार लाख १२ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा भारतमा चार लाख १२ हजार ६ सय १८ जनामा सङ्क्रमण पुष्टि भएको त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै भारतीय सञ्चारमाध्ययमले जनाएका छन् ।

यो सङ्ख्या अहिलेसम्मकै धेरै हो । यसअघि गएको शनिवार पनि भारतमा चार लाखभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको थियो । यस्तै भारतमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण ३९ सय ८२ जनाको ज्यान गएको छ ।

भारतमा अहिलेसम्म दुई करोड १० लाख ७० हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने दुई लाख ३० हजारभन्दा धेरैले ज्यान गुमाएका छन् ।

सङ्क्रमितमध्ये एक करोड ७२ लाख ६९ हजारभन्दा धेरै निको भएका छन् । भारतमा अहिलेसम्म २९ करोड ४८ लाखभन्दा धेरैको पीसीआर परीक्षण भएको छ ।
 

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया