प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच भेटवार्ता, मन्त्रिपरिषद् बैठक बस्दै

 वैशाख २३, २०७८ बिहीबार १३:५:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ ।

प्रधानमन्त्री ओलीले आज बेलुका ५ बजे मन्त्रिपरिषद् बैठक डाक्नु भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो ।

मन्त्री गुरुङका अनुसार आजको बैठकमा कोरोना नियन्त्रणका उपायसँगै समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । प्रधानमन्त्री ओलीले आजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नु भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा पुगेर प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसित भेटवार्ता गर्नुभएको हो ।

यसअघि, प्रधानमन्त्री ओलीले आफूनिकट स्थायी कमिटीको बैठक राख्नुभएको थियो ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया