इंग्ल्यान्डसँगको पहिलो एक दिवसीय क्रिकेटमा भारत ४ विकेटले विजयी
माघ २५, २०८१ शुक्रबार
काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणले भक्तपुरको खरिपाटीमा रहेकाे तालिम केन्द्रमा कोभिड–१९ बाट सङ्क्रमितहरूको उपचारका लागि आइसोलेशन सेन्टर (केन्द्र) निर्माणका लागि सरकारसमक्ष प्रस्ताव गरेको छ ।
सरकारले गएकाे वर्ष कोरोना भाइरसको सङ्क्रमण फैलिएको चीनको हुबेई प्रान्तबाट नेपालीहरूलाई स्वदेश फर्काएर प्राधिकरणको खरिपाटीमा रहेकाे तालिम केन्द्रलाई क्वरेण्टीन बनाएर १४ दिनसम्म त्यहाँ राखेको थियो ।
तालिम केन्द्रको पूर्वाधार देशलाई आवश्यक परेको बेला प्रयोग गर्ने सकिने भएकाले आइसोलेशन सेन्टर निर्माणका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत सरकारसमक्ष प्रस्ताव गरिएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले बताउनुभयो ।
शाक्यका अनुसार प्राधिकरणका कर्मचारी सङ्क्रमित भएमा उनीहरूलाई राख्नका लागि प्राथमिकता दिँदै कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्रले तोकेको निकायलाई तालिम केन्द्रको पूर्वाधार आइसोलेशनको रूपमा प्रयोग गर्न प्रस्ताव गरिएको हो ।
‘तालिम केन्द्र परिसरभित्रका भवनमा रहेका ६६ वटा कोठामा एक सय ३३ वटा बेड राख्न सकिन्छ, गएकाे वर्ष राखिएका बेड पनि त्यहाँ छन्, त्यसमा थप ५० बेड राखी आवश्यक डस्ना, तन्नाजस्ता सामग्रीको जोहो गरे पुग्छ’, कार्यकारी निर्देश शाक्यले भन्नुभयाे, ‘तालिम केन्द्रमा सीसीटीभी पनि जडान गरिएको छ, बिरामीलाई अक्सिजन आवश्यक परेमा कोठाहरूमा सिलिण्डरसमेत राख्न सकिन्छ, आपत्कालीन विद्युत् आपूर्तिका लागि जेनेरेटर तयारी अवस्था छ ।’
तालिम केन्द्रमा रहेको भवन नं १ मा २६ कोठा छन्, त्यहाँ २४ वटा बेड राख्न सकिन्छ । भवन नं २ मा २६ कोठा छन्, त्यहाँ ७८ वटा बेड राख्न सकिन्छ । स्टाफ क्वाटर भवनमा ११ कोठा छन्, त्यहाँ २८ वटा बेड राख्न सकिन्छ । यसैगरी क्वाटर भवनका तीन कोठामा तीन वटा बेड राख्न सकिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।