एमाले वाग्मती प्रदेशका मुख्य सचेतकमा निरौला

 वैशाख २३, २०७८ बिहीबार १६:४५:५९ | रासस
unn.prixa.net

मकवानपुर – नेपाल कम्युनिस्ट पार्टी (एमाले) वाग्मती प्रदेशका मुख्य सचेतकमा दीपक निरौला चयन हुनुभएको छ । काठमाण्डाै जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रदेश सभा सदस्यमा निर्वाचित निरौला एमालेको काठमाण्डाै जिल्ला कमिटीका सचिवसमेत हुनुहुन्छ । 

निरौलालाई मुख्य सचेतकमा मनोनयन गरिएको जानकारी प्रदेश सभा सचिवालयलाई बिहीवार (आज) दिइएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार निरौलालाई यही वैशाख १७ गते नै मुख्य सचेतकमा मनोनयन गरिएको थियो । निरौलालाई एमाले वाग्मती प्रदेशका संसदीय दलका नेता तथा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले एमाले संसदीय दलको विधान २०७७ को दफा १३ बमोजिम मनोनयन गरेको जनाइएको छ । 

एमालेका तत्कालीन मुख्य सचेतक केशवराज पाण्डे प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री भएपछि रिक्त  पदमा निरौलालाई चयन गरिएको प्रदेश सभा सचिवालयलाई दलले बुझाएको पत्रमा उल्लेख छ । पाण्डेअघि अहिलेका भौतिक पूर्वाधारमन्त्री रामेश्वर फुयाँल मुख्य सचेतक हुनुहुन्थ्यो । 

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया