अमेरिकी डलरको भाउ फेरि बढ्यो, अरु विदेशी मुद्राको भाउ कति ?
माघ २५, २०८१ शुक्रबार
काठमाण्डाै – नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट निको हुनेको सङ्ख्या दुई लाख ९२ हजार चार सय ९० पुगेको छ । पछिल्लो २४ घण्टामा दुई हजार सात सय सात जना डिस्चार्ज भएसँगै निको हुनेको कुल सङ्ख्या दुई लाख ९२ हजार चार सय ९० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपालमा अहिले कोरोना सङ्क्रमण निको हुने दर ७९ दशमलव ४ प्रतिशत रहेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा नौ हजार ७० जना कोरोना सङ्क्रमित थपिएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ७२ हजार पाँच सय ६१ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तो छ काठमाण्डौ उपत्यकामा कोभिड–१९ अवस्था–
काठमाण्डौमा अहिलेसम्म एक लाख ३६ हजार चार सय ६७ जनामा सङ्क्रमण पुष्टि भएकोमा आठ सय आठ जनाको ज्यान गएको छ । त्यस्तै एक लाख ११ हजार एक सय २६ जना निको भएका छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या २४ हजार पाँच सय ३३ रहेको छ ।
भक्तपुरमा अहिलेसम्म १२ हजार आठ सय ७१ जनामा सङ्क्रमण पुष्टि भएकोमा एक सय ६६ जनाको ज्यान गएको छ । त्यस्तै नौ हजार सात सय ६० जना निको भएका छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार नौ सय ४५ रहेको छ ।
ललितपुरमा अहिलेसम्म २२ हजार ६ सय ५३ जनामा सङ्क्रमण पुष्टि भएकोमा दुई सय ३० जनाको ज्यान गएको छ । त्यस्तै १७ हजार चार सय ४९ जना निको भएका छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार नौ सय ७४ रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।