अन्तर्राष्ट्रिय उडान बन्द, चार्टर्ड र उद्धार उडान सञ्चालन गर्न सकिने

 बैशाख २४, २०७८ शुक्रबार ७:१:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - गएरातिदेखि अन्तर्राष्ट्रिय उडान बन्द भएका छन् ।

कोरोना भाइरसको महामारी बढेपछि सरकारले गएरातिदेखि सबै अन्तर्राष्ट्रिय उडान बन्द गरेको हो । तर भारतबाट भने बबल सम्झौताका आधारमा हप्तामा दुई वटा उडान हुनेछन् । दुई देशका नागरिक र कूटनीतिक नियोगका कर्मचारीलाई मात्रै बोक्न पाउने उडानलाई बबल उडान भनिन्छ ।

हवाई उडानबाट नेपाल आउने भारतीय नागरिकले स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी १० दिन अनिवार्य होटेल क्वरेण्टीनमा बस्नुपर्नेछ । मन्त्रिपरिषद्को वैशाख १९ गतेको बैठकले कोरोना रोकथामका लागि आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान स्थगन गर्ने निर्णय गरेको थियो । आन्तरिक उडान २० गतेदेखि नै बन्द भएका छन् ।

नियमित उडान बन्द भए पनि चार्टर्ड तथा उद्धार उडान सञ्चालन हुने नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले जनाएको छ । चार्टर्ड र उद्धार अन्तर्राष्ट्रिय उडानबाट आउने/जाने यात्रुहरूको बारकोड र फोटोसहितको पीसीआर रिपोर्ट अनिवार्य गरिएको छ ।

महामारीकै कारण यसअघि २०७६ सालको चैत १० गतेदेखि बन्द भएका अन्तर्राष्ट्रिय उडान २०७७ सालको भदौ १६ गतेदेखि सञ्चालनमा आएका थिए ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया