ताेकिए भन्दा छ गुणा बढी भाडा लिने गाडी कारबाहीमा

 बैशाख २४, २०७८ शुक्रबार ८:११:१५ | रासस
unn.prixa.net

काभ्रेपलाञ्चोक - कोरोना सङ्क्रमणको दोस्रो लहरसँगै जोखिम बढेपछि काठमाण्डौ उपत्यकाबाट धनुषाको जनकपुरसम्म जाँदा करिब छ गुणा बढी भाडा लिने गाडीलाई जिल्ला ट्राफिक कार्यालय काभ्रेपलाञ्चोकले कारबाही गरेको छ ।

काठमाण्डौबाट जनकपुर गइरहेको समयमा काठमाण्डौ पूर्वी–नाका साँगामा १५ जना यात्रु बोकेर आएको गाडीलाई जाँचका क्रममा बढी भाडा असुलेको भन्दै कारबाही गरिएको कार्यालयले जनाएको छ ।

प्रतियात्रु १५ हजार रुपैयाँका दरले भाडा लिएको जनाउँदै चालक सुरज भण्डारीसहित गाडीलाई यातायात व्यवस्था विभागमा कारबाहीका लागि सिफारिश गरिएको कार्यालय प्रमुख ट्राफिक इञ्चार्ज प्रमिला श्रेष्ठले जानकारी दिनुभयो।

उहाँले भन्नुभयो, 'चालक र गाडी होल्ड गरी कारबाहीका लागि सिफारिश गरेका छौँ ।'

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया