देशभर ६ सय ५० जना पत्रकारलाई कोरोना सङ्क्रमण, सात जनाको ज्यान गयो

 बैशाख २४, २०७८ शुक्रबार ११:४०:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपालमा अहिलेसम्म ६ सय ५० जना पत्रकारलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

नेपाल पत्रकार महासङ्घका अनुसार देशभर अहिलेसम्म ६ सय ५० पत्रकार कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । जसमा २ सय ५२ जना सक्रिय सङ्क्रमित छन् ।

प्रदेश नम्बर एकमा १८, प्रदेश दुईमा ९, वाग्मती प्रदेशमा १४, गण्डकीमा ७, लुम्बिनीमा २७, कर्णालीमा ३०, सुदूरपश्चिममा ३० र उपत्यकाका तीनवटा प्रदेशमा १ सय १७ जना पत्रकार सक्रिय सङ्क्रमित रहेका छन् ।

सङ्क्रमितमध्ये ३२ जनाको अस्पतालमा उपचार भइरहेकोमा ४ जना आईसीयूमा छन्  ।  अहिलेसम्म ७ जना पत्रकारको ज्यान गएको छ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया