‘तीन दिनदेखि लागेको लाग्यै छौँ, आज ओली र नेपालको भेट गराएरै छाडिन्छ’

 वैशाख २४, २०७८ शुक्रबार ११:९:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओली र निलम्बनमा परेका वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भेटवार्ता हुने भएको छ ।

प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोतीलाल दुगडले ओली र नेपालबीच भेटवार्ता हुने प्रवल सम्भावना रहेको उज्यालोलाई जानकारी दिनुभयो । आज भेट्ने भन्नेमा दुई नेता राजी भएको तर ठ्याक्कै समय भने टुङ्गो नलागेको दुगडले बताउनुभयो । 

‘उहाँहरुलाई भेटेर कुरा गर्नुहोस्, विगतमा भएका तीता कुरा बिर्सिँदै एक भएर अघि बढ्नुको विकल्प छैन भनेर म र सोमप्रसाद पाण्डे तीन दिनदेखि लागेको लाग्यै छौँ, आज भेट गराएरै छाडिन्छ ’ दुगडले भन्नुभयो । भेटवार्ता सकभर पार्टी कार्यालय थापाथलीमा नत्र कुनै होटलमा हुन सक्ने उहाँको भनाइ छ  ।

दुई नेताबीच कुरा नमिल्दा एमाले नै फुटतर्फ गएको र नेपालको फुटले कसैलाई पनि फाइदा नपुग्ने भन्दै पाण्डे र आफूले तीन दिनदेखि दुवै नेतासँग लगातार कुरा गरिरहेको प्रधानमन्त्रीका सल्लाहकार दुगडले जानकारी दिनुभयो । 

एमाले एकजुट बनाउनको लागि बिहीवारमात्रै राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ नेता नेपालसँग छलफल गर्नुभएको थियो  । यस्तै नेता घनश्याम भुसाल, योगेश भट्टराईसँग प्रधानमन्त्रीले कुराकानी गर्नुभएको थियो । मध्यम तहका नेताहरुबीच पनि छलफल भइरहेको छ ।

अन्तिम अपडेट: भदौ २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया