अमेरिकी डलरको भाउ फेरि बढ्यो, अरु विदेशी मुद्राको भाउ कति ?
माघ २५, २०८१ शुक्रबार
काठमाण्डाै – राजस्व छली गरेर ६ किलोभन्दा धेरै सुन नेपाल भित्र्याउने पाँच जनाविरुद्ध साढे दुई अर्ब रुपैयाँ बिगो मागसहित मुद्दा दायर भएको छ ।
हेटौँडा प्रहरीले जाँचको क्रममा रातमाटे चेकपाेस्ट नजिकैबाट बसमा लुकाएर राखेको ६ किलो दुई सय ८९ ग्राम तीन सय ५० मिलिग्राम सुन बरामद गरेको थियो । यसै घटनामा भारतको कर्नाटकका अब्जुल मजिज अनेकल, कर्नाटककै रोशन पटेल, यश इम्पोर्ट एन्ड एक्सपोर्ट कन्सर्नका सञ्चालक राजेश गुरुङ, भैरव स्टोर्सका सञ्जिव श्रेष्ठ र काठमाण्डौका शंकर घिमिरेविरुद्ध राजस्व अनुसन्धान विभागले दुई अर्ब ५१ करोड ९० लाख रुपैयाँ बिगो र जेल सजायसहित मुद्दा दायर गरेको हो ।
अब्जुल मजिज अनेकल, रोशन पटेल र राजेश गुरुङलाई दुई अर्ब ४३ करोड, राजेश गुरुङलाई थप चार करोड ३० लाख, सञ्जीव श्रेष्ठलाई चार करोड ५६ लाख र शङ्कर घिमिरेलाई चार लाख २९ हजार रुपैयाँ बिगो माग गरिएको विभागले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।