पाकिस्तानमा विषाक्त धूवाँका कारण एकैदिन १५ हजार जनाभन्दा धेर...
कात्तिक २९, २०८१ बिहिबार
काठमाण्डाै – पछिल्लो २४ घण्टामा देशभर नौ हजार एक सय ९६ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । २० हजार चार सय ८२ नमुना परीक्षण गर्दा नौ हजार एक सय ९६ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यो सङ्ख्या नेपालमा देखिएको दैनिक सङ्क्रमणमध्ये सबैभन्दा धेरै हो । बिहीवार (हिजो) नौ हजार ७० जनामा सङ्क्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा कोरोना पुष्टि हुनेको सङ्ख्या तीन लाख ७७ हजार ६ सय तीन पुगेको छ ।
दिनदिनै ठूलो सङ्ख्यामा सङ्क्रमित थपिएसँगै नेपालमा अहिले ७८ हजार ६ सय २९ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
यस्तै थप ५० काेराेना सङ्क्रमितकाे ज्यान गएसँगै नेपालमा काेराेना सङ्क्रमणबाट ज्यान गुमाउनेकाे सङ्ख्या तीन हजार पाँच सय ७९ पुगेको छ ।
२४ घण्टामा दुई हजार नाै सय पाँच जना सङ्क्रमित निकाे भएका छन् । नेपालमा काेराेना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ९५ हजार तीन सय ९५ पुगेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Bimala Nyaupane
Aug. 20, 2021, 7:40 a.m.Yes iam agree with you