फिदिम बजारमा भएको आगलागीबाट ३१ लाख बढीको क्षति

 बैशाख २५, २०७८ शनिबार १४:३:४० | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – पाँचथरको सदरमुकाम फिदिममा बिहान भएको आगलागीबाट ३१ लाख ३१ हजार रुपैयाँको नोक्सानी भएको छ ।

लखन मार्गमा रहेको दावा शेर्पाको घरमा बिहान ८ बजे भएको आगलागीमा काठको प्रयोग गरेर निर्माण गरिएको २ तले घर जल्दा घरमा रहेका ६ परिवारको सामान जलेर नष्ट भएको छ । आगलागीका कारण घरमा डेरा गरी बस्ने ६ परिवारका २२ जना बिस्थापित भएका जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी दिनुभयो ।

झण्डै १ घण्टापछि फिदिम नगरपालिकाको २ वटा दमकल, स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएका हुन् । विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।

अन्तिम अपडेट: चैत २१, २०८०

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया