दक्षिण एसियाली देशमा कोरोना सङ्क्रमण फैलिँदै, भारतसँगै छिमेकी देशमा पनि बढे सङ्क्रमित

 बैशाख २५, २०७८ शनिबार १४:५९:४० | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – भारतसहित दक्षिण एसियाका देशमा कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएको छ । भारतमा हरेक दिन कोरोना सङ्क्रमितको नयाँ रेकर्ड बन्दै गइरहेको छ भने भारतसँगै सीमा जोडिएका देशमा पनि सङ्क्रमण फैलिँदै गएको छ ।

भारतका छिमेकी देश नेपाल, बंगलादेश, पाकिस्तान, श्रीलंका, माल्दिभ्स लगायत देशमा कोरोना फैलिँदै गएको अमेरिकी समाचार संस्था सीएनएनले जनाएको छ । सङ्क्रमण बढे पछि नेपालका धेरै जिल्लामा निषेधाज्ञा लागू गरिएको छ भने बङ्ग्लादेशमा राष्ट्रव्यापी लकडाउन छ । लकडाउन मे १६ तारिखसम्मका लागि लागु गरिएको छ ।

पाकिस्तानमा पनि सङ्क्रमितहरूको सङ्ख्या र ज्यान गुमाउनेहरुको सङ्ख्या तीव्र गतिमा बढेको खबरमा उल्लेख छ । त्यहाँ देशव्यापी लकडाउन गरिएको छैन तर प्रादेशिक निकायहरूले प्रतिबन्धात्मक व्यवस्थाहरू लागू गरेका छन् । नागरिकलाई मास्क लगाउन भनिएको छ र कतिपय ठाउँमा सेनाले पनि सहयोग गरिरहेको छ ।

श्रीलङ्कामा पनि अहिले सङ्क्रमित हुनेको सङ्ख्या बढिरहेको छ । भारतमा देखिएको कोरोनाको नयाँ भेरिएन्टकै कारण छिमेकी देशमा पनि कोरोना फैलिएको हुन सक्ने आशंका गरिएको छ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया