नेप्से साढे १८ अङ्कले घट्यो, महिला लघुवित्तसहित चार कम्पनीको शेयर १० प्रतिशतले गिरावट

 वैशाख २६, २०७८ आइतबार १५:१७:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – शेयर बजार परिसूचक नेप्से आइतवार (आज) १८ अङ्कभन्दा धेरैले घटेको छ । कारोबार भएकामध्ये सबै समूहको शेयर ओरालो लागेपछि नेप्से १८ दशमलव ५६ अङ्कले घटेर २६ सय १८ दशमलव ५६ विन्दुमा झरेको छ ।

व्यापार समूहको शेयर ६१ अङ्कले घटेको छ । जलविद्युतको ३४, होटल तथा पर्यटन समूहको झण्डै ४२, फाइनान्सको २१, माइक्रोफाइनान्सको ९७, जीवन बीमा समूहको एक सय ४७, निर्जीवन बीमा समूहको ३१, उत्पादनको ९२ र अन्य समूहको शेयर २८ अङ्कले घटेको छ ।

आइतवार दुई सय १९ कम्पनीका एक करोड २७ लाख कित्ता शेयर ६ अर्ब १४ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एनसीसी बैंकको २८ करोड ५६ लाख रुपैयाँको शेयर किनबेच भयो ।

महिला लघुवित्त, विशाल बजार कम्पनी, सिंगटी हाइड्रो र युनियन हाइड्रो कम्पनीको शेयर झन्डै १० प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि समता घरेलु लघुवित्त र रुरु हाइड्रोको शेयर मूल्य झण्डै १० प्रतिशतले बढेको छ । 

अन्तिम अपडेट: माघ १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया