साना दलले सरकारलाई विश्वासको मत नदिने

 बैशाख २७, २०७८ सोमबार १६:५१:१६ | रासस
unn.prixa.net

काठमाण्डाै – जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रस्तावका पक्ष र विपक्षमा पनि नभइ तटस्थ रूपमा बस्ने बताउनुभएको छ । सङ्घीय संसद्को प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मतसम्बन्धी प्रस्तावका छलफलमा क्रममा उहाँले कुनै पनि प्रस्तावका पक्षमा मत नदिइ तटस्थ बस्ने जानकारी गराउनुभयो । 

उहाँले प्रधानमन्त्री ओलीले आफ्नो कुरा सुनेर आफ्नो कार्यकर्ता कारागारमुक्त गरेकामा आभार प्रकट गर्दै राजनीतिक कारणले भएका आन्दोलनको कारण सजाय भोग्न नपर्ने वातावरणको सिर्जना गर्न आग्रह गर्नुभयो ।

जसपाकै अर्का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन नसकिने बताउनुभयो । उहाँले देशमा मधेशी, जनजाति र आदिवासीका समस्या रहेको तर तीन वर्षमा समाधान गर्ने प्रयास नभएको आरोप लगाउनुभयो । 

नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले कोभिड –१९ का कारण देश आक्रान्त भएका अवस्थामा यसलाई नियन्त्रण गर्दै चुनावमा जानु नै सबैभन्दा उत्तम विकल्प भएको बताउनुभयो । 

त्यस्तै राष्ट्रिय जनमोर्चा नेपालकी दुर्गा पौडेलले कोभिड महामारी बढ्दै गएकाले  नियन्त्रणमा ध्यान दिनुपर्नेमा जोड दिँदै विश्वासको मतको विपक्षमा मत गरिने बताउनुभयो । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया