लामिछानेको कसुरमा संलग्नता नरहेको अहिले नै भन्न सकिने अवस्था...
माघ २५, २०८१ शुक्रबार
काठमाण्डौ – नेकपा एमालेका २८ सांसदले पार्टी ह्विप उल्लङ्घन गरेका छन् । खनाल–नेपाल समूहका २८ प्रतिनिधि सभा सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन बैठकमा सहभागी नभएका हुन् ।
२०७५ सालको जेठ २ गतेको अवस्थामा पुग्नुपर्ने अडानसहित असन्तुष्ट बनेका सांसदले आज पार्टी ह्विप उल्लङ्घन गर्दै प्रतिनिधि सभा बैठकमा उपस्थित नभएका हुन् ।
यसअघि खनाल–नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अल्टिमेटम दिँदै सामूहिक राजीनामा दिने बताउँदै आएका थिए । पार्टी ह्विप उल्लङ्घन गरे कारबाही हुने एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले चेतावनी दिइसक्नुभएकाे छ ।
पार्टी ह्वीप उल्लङ्घन गर्ने सांसद–
१) योगेश भट्टराई
२) झलनाथ खनाल
३) पवित्रा निरौला खरेल
४) भवानी खापुङ
५) जयकुमार राई
६) यज्ञराज सुनुवार
७) गणेश पहाडी
८) विरोध खतिवडा
९) कृष्णलाल महर्जन
१०) माधवकुमार नेपाल
११) जीवनराम श्रेष्ठ
१२) नारायण खतिवडा
१३) घनश्याम भुसाल
१४) गोकर्ण विष्ट
१५) सोमप्रसाद पाण्डे
१६) मेटमणि चौधरी
१७) झपट रावल
१८) भीमबहादुर रावल
१९) दीपकप्रकाश भट्ट
२०) सुरेन्द्र पाण्डे
२१) रामकुमारी झाँक्री
२२) सरला यादव
२३) पुष्पाकुमारी कर्ण
२४) कल्याणी खड्का
२५) निरादेवी जैरु
२६) कलिला खान (उपस्थित भएर भोट नहालेको)
२७) लक्ष्मीकुमारी चौधरी
२८) मुकुन्द न्यौपाने
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।