घाेडाघाेडी–११ ले डडेल्धुरालाई १ विकेटले हरायाे
माघ २४, २०८१ बिहिबार
काठमाण्डाै – कोभिड १९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) ले अक्सिजन उद्योगहरूमा नियमित विद्युत् आपूर्तिको व्यवस्थापन मिलाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । बजारमा अक्सिजनको आपूर्ति सहज हुन नसकेको अवस्थामा विद्युत् अभावमा उत्पादन नरोकियोस् भन्ने उद्देश्यले सीसीएमसीले अक्सिजन उद्योगहरूमा चाैबीसै घण्टा विद्युत् आपूर्तिको व्यवस्था मिलाउन निर्देशन दिएको हो ।
कोभिड १९ सङ्क्रमितको सङ्ख्या बढेसँगै धेरैजसाे बिरामीलाई उपचारका लागि अक्सिजन आवश्यक पर्ने र अक्सिजन अभावमा ज्यान जाने घटना बढेपछि केन्द्रले अक्सिजनको वितरणलाई समानुपातिक र न्यायपूर्ण बनाउन मेडिकल अक्सिजन वितरण कार्यविधि २०७८ पनि ल्याएको छ । त्यही कार्यविधिअनुसार अस्पतालहरूलाई अक्सिजन वितरण गर्ने काम भएको छ ।
बजारमा माग थेग्ने गरी अक्सिजन उत्पादन हुन नसकेपछि केन्द्रले अहिले ग्यास उद्योगहरूको अनुगमन सुरु गरिसकेको छ । सबै उद्योगमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
सिंहदरबारमा मङ्गलवार बसेको सीसीएमसीकाे बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव खगराज बरालले अक्सिजनको अवस्था र व्यवस्थापनका सम्बन्धमा भएका प्रयासबारे जानकारी गराउनुभएको थियो । उहाँले काठमाण्डौ उपत्यका र बनेपामा रहेका सबै नाै वटा ग्यास उद्योगको अनुगमन गरी विवरण सङ्कलन गरिएको, अक्सिजन उद्योगको क्षमता वृद्धि र मर्मत कार्यमा सहजीकरण र सहयोग गर्ने, उत्पादन, भण्डारण र वितरणको तथ्याङ्क अद्यावधिक गर्ने काम भएको बताउनुभयो । त्यसैगरी अस्पतालहरूलाई अक्सिजनको न्यूनतम कोटा तोकिएको तथा खाली सिलिन्डर सङ्कलन गरी उद्योगमा फिर्ता गर्ने प्रयास भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।
सीसीएमसीले सबैलाई बाचौँ र बचाऔँ भन्ने मूल आशयसहित अक्सिजनको आपूर्ति, ढुवानी, प्रयोग र उपयोगमा सहयोग गर्न पनि सबैलाई आग्रह गरेको छ । सीसीएमसीले काठमाण्डौ उपत्यका र काभ्रेका उद्योगसमेतमा गरी दैनिक सात हजार दुई सय सिलिन्डर अक्सिजन उत्पादन रहेको बताएको छ ।
तर अक्सिजन उत्पादक सङ्घले भने दैनिक नाै हजार अक्सिजन सिलिन्डर उत्पादन हुने गरेको बताइसकेको छ । सङ्घले तत्काल वैकल्पिक उपायबाट अक्सिजनको आपूर्ति सहज बनाउन भनिसकेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।