भारतका रविचन्द्रन अश्विनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिए
पुस ३, २०८१ बुधबार
काठमाण्डौ – गण्डकी प्रदेशमा विपक्षी गठबन्धनको सरकार बन्ने सम्भावना कमजोर बनेको छ । राष्ट्रिय जनमोर्चाको गण्डकी प्रदेश संसदीय दलका नेतासमेत रहेका प्रदेशसभा सदस्य कृष्ण थापा पार्टीको निर्णय विपरित उभिएपछि बहुमतको सरकार बनाउन विपक्षी दललाई सकस भएको हो ।
जनमोर्चाले गण्डकी प्रदेशको कामचलाउ सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको विपक्षमा उभिने र विपक्षी गठबन्धनको सरकारलाई समर्थन गर्ने निर्णय गरेको छ । यसअघि पनि जनमोर्चाका प्रदेशसभा सदस्य खिमविक्रम शाही मतदानकै दिन अस्पताल भर्ना भएपछि प्रदेशसभा बैठक स्थगित भएको थियो । जनमोर्चाका सांसद थापाले समर्थन नगरेमा विपक्षी गठबन्धनमा ३० सांसद मात्रै रहनेछ ।
मुख्यमन्त्री गुरुङले राजीनामा दिएसँगै प्रदेश प्रमुख सिताकुमारी पौडेलले बहुमतको आधारमा नयाँ सरकार गठनका लागि ३ दिनको समय दिनुभएको थियो । ३ दिनको समय आज सकिँदै छ । बहुमतको आधारमा नयाँ सरकार गठन हुन नसके अल्पमतको सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।
नयाँ मुख्यमन्त्रीमा विपक्षी गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र केसीलाई अघि सारिएको छ । गण्डकी प्रदेशमा ६० प्रदेशसभा सदस्यमध्ये नेकपा एमालेका स्वतन्त्र सांसद दिपक मनांगेसहित २८ सांसद रहेका छन् । अल्पमतको सरकारको गठन प्रक्रिया सुरु भएमा फेरि पनि मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङ नै दोहोरिने सम्भावना देखिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।