कोरोनाका कारण अदुवा र अलैँचीको निकासी ठप्प

 वैशाख २९, २०७८ बुधबार १३:१०:३० | रासस
unn.prixa.net

काठमाण्डाै – कोरोनाका कारण भारत निकासी हुन नसकेपछि कृषिजन्य वस्तु भण्डारणमै थन्किएका छन् ।

निकासी हुने मुख्य सिजनमै कोरोनाले नाका र भारतीय बजार बन्द भएपछि अलैँची र अदुवाको निर्यात ठप्प भएको हो । चैत र वैशाख महिना कृषिजन्य वस्तु निर्यात हुने मुख्य ‘सिजन’ हो । यो सिजनमा मूल्य राम्रो पाइने भएकाले नेपाली व्यवसायीले भारतमा कारोबार गर्छन् । यसपटक कोरोनाको नयाँ भेरियन्टका कारण भारतीय बजार सुस्ताएको छ । साथै भारतीय बजार तथा भारत प्रवेश गर्ने नाका पनि बन्द छन् ।

अहिले नेपालमा उत्पादित अलैँचीमध्ये ३० प्रतिशत व्यवसायीसँगै रहेको अलैँची व्यवसायी सङ्घका सचिव मातृका घिमिरे बताउनुहुन्छ । घिमिरेका अनुसार अबको तीन महिनामा नयाँ अलैँची उत्पादन हुन्छ । नयाँ अलैँची उत्पादन भएपछि पुरानोले बजार पाउँदैन ।

अहिले भारत अलैँचीको मुख्य बजार हो । तर, कोरोनाका कारण अलैची बिक्री हुन सकेको छैन । अलैँचीजस्तै अदुवा निकासी हुने मुख्य सिजन पनि यही हो तर निकासी शून्य छ ।

अन्तिम अपडेट: असार १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया