विवेकशील साझाद्वारा कञ्चनपुर घटनाको विरोध

 भदौ ८, २०७५ शुक्रबार १२:५३:३६ | रासस
unn.prixa.net

काठमाडौं – विवेकशील साझा पार्टीले मुलुकमा दिनानुदिन बढ्दो यौनजन्य हिंसा एवं बलात्कारपछि हत्या नै गर्नेसम्मका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ ।

पार्टीका प्रवक्ता रमेश पौड्यालद्वारा शुक्रबार जारी विज्ञप्तिमा मुलुकमा पछिल्लो समय बढ्दै गएको यसखाले जघन्य अपराधमा संग्लनलाई कानूनको दायरामा ल्याई हदैसम्मको सजाय दिलाउन सरकारसमक्ष जोडदार माग गरिएको छ । 

विवेकशीलले बिहीबार कञ्चनपुरमा भएको घटनाका दोषीलाई कारबाही गरी घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गरिएको छ ।

गृहमन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट छानबिन समिति गठन गर्नुलाई सकारात्मकरूपमा लिएको बताउँदै प्रवक्ता पौड्यालले अन्य विभिन्न घटनामा बन्ने छानबिन समितिजस्तै यो समिति पनि कर्मकाण्डी मात्रै नहोस् भन्नेमा सरकारको ध्यानाकर्षण गराएको छ । गत साउन ११ गते कञ्चनपुरको भीमदत्त–२ मा १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि निर्ममतापूर्वक हत्या गरिएको थियो ।
 

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया