युरोपेली सङ्घद्वारा २८ कराेड २० लाख रुपैयाँ बराबरकाे सहायता परिचालन

 बैशाख ३०, २०७८ बिहिबार १६:२३:२७ | रासस
unn.prixa.net

काठमाण्डाै – कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा युरोपेली सङ्घ (ईयू) ले २८ करोड २० लाख रुपैयाँ बराबरको मानवीय सहायता परिचालन गरेको छ ।

महामारीविरुद्धको नेपालको सङ्घर्षमा ऐक्यबद्धता जनाउँदै ईयूले कोरोनाविरुद्धका स्वास्थ्य उपकरण खरिद तथा आपूर्ति, आकस्मिक चिकित्सक टोली परिचालन, घरमै एकान्तवासमा रहेका बिरामीलाई ‘टेलिहेल्थ/टेलिमेडिसिन’ कुन अस्पतालमा लैजाने भन्नेबारेमा तत्काल सल्लाह दिनेलगायत सेवाका लागि  यस रकम परिचालन गरिएको ब्रसेल्समा रहेकाे ईयूकाे प्रधान कार्यालयले जनाएको छ । 

सहयोगस्वरूप प्राप्त रकमबाट अक्सिजन सिलिन्डर, अक्सिजन कन्सेन्ट्रेटर, घरेलु उपचार सामग्री, व्यक्तिगत सुरक्षा उपकरण, ‘एन्टिजेन’ परीक्षण साधन खरिद एवम् आपूर्ति गरिनेछ । 

यसैगरी ईयूको सदस्य राष्ट्र फिनल्याण्डले शल्यचिकित्सामा प्रयोग हुने २० लाखभन्दा बढी ‘मास्क’, तीन लाख ५० हजार एफएफपीटू मास्क, ५२ हजार पाँच सय जोर पञ्जा र ३० हजार थान एकान्तवास पोसाक नेपाललाई प्रदान गर्ने जनाइएको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया