अक्सिजन सिलिन्डर लिन निगमको जहाज ओमान उड्यो, आजैदेखि हरेक दिन बेइजिङ जाने

 जेठ १, २०७८ शनिबार ७:४४:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै –  अक्सिजन सिलिन्डर लिन नेपाल वायुसेवा निगमको वाइड बडी जहाज आज ओमान गएको छ । गैर आवासीय नेपाली संघको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोग स्वरुप प्राप्त हुने ६ सय थान अक्सिजन सिलिन्डर लिन निगमको वाइड बडी जहाज बिहान साढे सात बजे ओमानको मस्कटको लागि उडेको हो ।

जहाज बेलुकी ६ बजेर ४० मिनेटमा काठमाण्डौ आइपुग्ने तालिका रहेको छ । ओमानबाट फर्किएको जहाज राति ११ बजे चीनको राजधानी बेइजिङ जानेछ । बेइजिङमा संकलित चार सय थान अक्सिजन कन्सन्ट्रेटर, चार सय थान सिलिन्डर र अन्य चिकित्सा सामाग्री लिन बेइजिङ जान लागेको हो ।

निगमले अत्यावश्यक मेडिकल सामग्री लिन अब केही दिन लगातार बेइजिङ जाने तयारी गरिरहेको महाप्रबन्ध डिमप्रकास पौडेलले जानकारी दिनुभयो । ‘सिलिन्डरसहितका सामग्री लिन अबका केही दिन निगमको जहाज हरेक दिन बेइजिङ जानेछ’, पौडेलले भन्नुभयो ।

यसैबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज सात वटा अन्तर्राष्ट्रिय कार्गो उडान तथा अवतरण हुँदैछन् । नेपाल वायु सेवा निगम, हिमालय एअरलाइन्स र एअर चाइनाले उडान र अवतरण गर्दैछन् ।

अन्तिम अपडेट: असार १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया