स्वास्थ्य प्रणाली नै 'काेल्याप्स' भयाे भन्ने, समस्या छन् पाे भन्नु पर्‍याे : प्रधानमन्त्री ओली

 जेठ २, २०७८ आइतबार १४:२३:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको स्वास्थ्य प्रणाली नै 'काेल्याप्स' (ध्वस्त) भयाे भनिएकोमा आपत्ति जनाउनुभयो । प्रधानमन्त्री ओलीले स्वास्थ्य प्रणालीमा देखिएका केही समस्यालाई लिएर सिङ्गो स्वास्थ्य प्रणाली नै कोल्याप्स भयो भन्न नमिल्ने तर्क गर्नुभयो ।

शनिवार (हिजो) बेलुकी जनस्वास्थ्यविद्, अस्पताल सञ्चालक, अक्सिजन सिलिन्डर सप्लायर्स तथा सरोकारवालासँगको सामूहिक छलफलमा उहाँले उहाँले भन्नुभयो, ‘सिस्टम नै कोल्याप्स भयो ? हेल्थ सिस्टम, मेडिकल सिस्टम नै काेल्याप्स भयो भन्ने ? समस्या छन् पो भन्नु पर्‍याे ।’ 

सरकारका विरोधीहरूले केही पनि भएको छैन भन्ने गरेको भन्दै उहाँले परीक्षणको व्यवस्था नै नभएको देशमा परीक्षण उपलब्ध हुने व्यवस्था मिलाउनु नै ठूलो उपलब्धि भएको  बताउनुभयो । महामारीको पूर्वतयारी कुनै पनि देशमा नहुने भन्दै प्रधानमन्त्री ओलीले सरकारले कोभिड–१९ सङ्क्रमण नियन्त्रणमा प्रभावकारी काम गरेको दाबी गर्नुभयो । साथै उहाँले सबैलाई कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि सरकारका प्रयासमा सङ्गठित भएर सहयोग गर्न पनि आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सरकारका प्रयासमा स्वास्थ्य क्षेत्र, निजी व्यावसायिक क्षेत्र, गैर–सरकारी संस्था, गैर–आवासीय प्रतिनिधिलगायत सबैले आ–आफ्ना ठाउँबाट व्यवस्थित र सङ्गठित ढङ्गले सहयोग गर्न आग्रह गर्छु । छरपस्ट ढङ्गले होइन ।’ 

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा राख्न र प्रचारात्मक भन्दा पनि वास्तविक परोपकारी र मानवीय सहयोगलाई प्रभावकारी ढङ्गले अघि बढाउन आग्रह गर्नुभयो ।  

अन्तिम अपडेट: पुस ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया