मदन भण्डारीका हत्यारा पत्ता लगाउन एमाले नेता नेपालको माग

 जेठ ३, २०७८ सोमबार १०:३५:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मदन भण्डारी र जीवराज आश्रितका हत्यारा पत्ता लगाउन माग गर्नुभएको छ । मदन आश्रित स्मृति दिवसको सन्दर्भमा श्रद्धाञ्जली दिँदै नेता नेपालले दासढुंगा जीप दुर्घटनामा निधन भएको २८ वर्ष बितिसक्दा पनि घटनाको रहस्य बाहिर नआउनु दु:खद् भएकाे भन्दै  यथार्थ पत्ता लगाउन सम्बन्धित पक्षसँग माग गर्नुभएको हो ।

उहाँले घटनासँग जोडिएका अमर लामाको रहस्यमय हत्या हुनुले यस घटनालाई झनै रहस्यमय बनाएको पनि बताउनुभएको छ । जननेता मदन भण्डारी, नेपाली कम्युनिष्ट आन्दोलनका नवीन विचारक, लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलनको मियो रहेको नेपालको भनाइ छ ।

मदन भण्डारीले देखाएको बाटो हिँड्नको लागि एकताबद्ध, अनुशासित, राष्ट्र, जनता र परिवर्तनप्रति प्रतिवद्ध, पार्टी र आन्दोलन पहिलो शर्त भएको बताउँदै नेता नेपालले फेरि एक पटक सबै खालका अहंकार, गुटगत र पार्टी एकताविरोधी पवृत्तिलाई निरुत्साहित गर्दै जिम्मेवार भएर क्रान्तिलाई अघि लैजान सके मात्रै उहाँप्रतिको सम्मान हुने बताउनुभएको छ ।

अन्तिम अपडेट: माघ २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया