सामुद्रिक आँधीका कारण मुम्बई छेउकाे समुद्रमा चार सयभन्दा धेरै मानिस राेकिए

 जेठ ३, २०७८ सोमबार १८:४:१० | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – भारतमा सामुद्रिक आँधीका कारण मुम्बई नजिकको समुद्रमा चार सय जनाभन्दा धेरै राेकिएका छन् । आँधीका कारण पानी जहाज तथा डुङ्गाहरू समु्द्रमै रोकिँदा उनीहरू राेकिएका बीबीसी हिन्दीले जनाएको छ ।

यस्तै मुम्बईको विमानस्थल र मोनो तथा मेट्रो रेल सेवा पनि बन्द भएका छन् । मुम्बईमा एक सय ७६ किलोमिटर प्रतिघण्टाका दरमा आँधी आइरहेको त्यहाँको मौसम विभागले जनाएको छ । विभागले हावाहुरीसहित ठूलो पानी पर्ने चेतावनी जारी गरेको छ ।

अरब सागरमा उत्पन्न भएको चक्रवात आँधीका कारण भारतको गुजरात, गोवा, कर्नाटक, केरला, महाराष्ट्र लगायतका राज्य नराम्रोसँग प्रभावित भएका छन् । गुजरातको समुद्री तटबाट झण्डै डेढ लाख जना मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ । गुजरातमा आज बेलुकी आँधीको बढी प्रभाव पर्ने बताइएको छ । प्रभावित क्षेत्रमा तीव्र गतिको हावासहित भारी वर्षा पनि भइरहेको छ ।

भारतीय मौसम विभागले चक्रवातको कारण तटीय क्षेत्रमा ठूलो असर पुग्न सक्ने भन्दै अलर्ट जारी गरेको छ । भारतीय गृह मन्त्री अमित शाहले प्रभावित राज्यमा उद्धारका लागि भइरहेको तयारीको अनुगमन गर्दै अस्पतालमा कोरोना भाइरसका सङ्क्रमितलाई ध्यानमा राख्दै बिजुली र मेडिकल अक्सिजनजस्ता अत्यावश्यक कुराहरू सञ्चित गरेर राख्न निर्देशन दिनुभएको छ ।

चक्रवातका कारण गुजरातमा कोरोना भाइरसविरुद्धको खोप अभियान पनि दुई दिनका लागि स्थगित भएको छ ।  भारतको जल सेनालाई उद्धार कार्यमा खटाइएको बीबीसी हिन्दीले जनाएको छ ।  

अन्तिम अपडेट: असार १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया