इजरायली सेनाकाे दाबी, ‘इस्लामिक जिहादका कमान्डर मारिए’

 जेठ ३, २०७८ सोमबार २०:२१:३ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – इजरायली सेनाले गाजा क्षेत्रमा गरिएको आक्रमणमा इस्लामिक जिहादका कमान्डरकाे ज्यान गएको दाबी गरेको छ । हवाई आक्रमणमा उत्तरी गाजा डिभिजनका प्रमुख कमान्डर हुसाम अबु अरविदको ज्यान गएको इजरायली सेनाले दाबी गरेको बीबीसीले जनाएको छ ।

हुसामको नेतृत्वमा इजरायलमा कैयौँ मिसाइल प्रहार भएको सेनाको दाबी छ । यसैबीच व्यापक अन्तर्राष्ट्रिय आलोचनाका बीच पनि इजरायलले गाजामा हमला गर्न छाडेको छैन । आक्रमणमा परेर आइतवार (हिजो) एकै दिन एक सय ४० भन्दा धेरै प्यालेस्टाइनीहरूको ज्यान गएकोमा आज पनि दर्जनौँ व्यक्तिको ज्यान गएको खबरमा उल्लेख छ ।

यसैबीच जर्मन चान्सलर एन्जेला मर्केलले इजरायलका प्रधानमन्त्रीलाई तत्कालै आक्रमण बन्द गर्न आग्रह गर्नुभएको छ । इजरायलको आक्रमणमा निर्दोष नागरिकको ज्यान गएको भन्दै आक्रमण अन्त्य गर्न मर्केलले आग्रह गर्नुभएको हो । 

यस्तै गाजामा एमएसएफ का मिसनका प्रमुख हेलेन ओटेन्स प्याटरसनले गएको हप्तादेखि गाजामा चलिरहेको आक्रमण विनाशकारी भएको बताउनुभएको छ । इजरायलको हवाई आक्रमणमा सडक, पानीको व्यवस्था, जल निकास र अन्य भौतिक सम्पत्तिमा निकै क्षति पुगेको छ ।  पहिलेदेखि नै जर्जर रहेको स्वास्थ्य व्यवस्थामाथि पनि भारी दबाब रहेको प्याटरसनको भनाइ छ ।  

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया