समुद्री आँधी : अरब सागरमा रोकिएका तीन सय १४ जनाको उद्धार, ९० जना अझै बेपत्ता

 जेठ ४, २०७८ मंगलबार १८:३६:१५ | एजेन्सी
unn.prixa.net

तस्बिर : डिफेन्स प्राे

काठमाण्डाै – अरब सागरमा आएको चक्रवात आँधीका कारण मुम्बईको समुद्र तट नजिक एक सानो जहाज 'पी ३०५' डुब्दा ९० जनाभन्दा धेरै मानिस अझै पनि हराइरहेका छन् । 

भारतीय जलसेनाले जहाजमा यात्रा गरिरहेका दुई सय ७० जनामध्ये एक सय ७७ जनाको उद्धार गरिएको र बाँकी मानिसको खोजी भइरहेको जनाएको छ । झन्डै सात सय जना रहेका तीन अन्य व्यापारिक जहाज अहिले अरब सागरमा रोकिएको बीबीसी हिन्दीले जनाएको छ । 

यस्तै तटरक्षक बलको चेतक हेलिकप्टरले ग्याल कन्स्ट्रक्टर जहाजको चालक दलका सबै एक सय ३७ जनाको उद्धार गरेको छ । 

अरब सागरमा विकसित शक्तिशाली चक्रवातका कारण भारतमा १६ जनाको ज्यान गएको छ । एक लाख ५० हजार जना विस्थापित भएका छन् । केरला, कर्नाटक, गोवा, महाराष्ट्र, गुजरातको जनजीवन प्रभावित भएको छ । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया