भारतमा कोरोनाका कारण एकै दिन ४ हजार ५ सय २५ जनाको ज्यान गयो

 जेठ ५, २०७८ बुधबार ९:२२:९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – भारतमा कोरोना सङ्क्रमणबाट एकै दिन चार हजार पाँच सय २५ जनाको ज्यान गएको छ । कोरोना भाइरसबाट एकै दिन ज्यान गुमाएको यो कुनै पनि देशको सबैभन्दा धेरै सङ्ख्या हो ।

यस अघि गएको जनवरी १२ तारिखमा अमेरिकामा चार हजार चार सय ६८ जनाले ज्यान गुमाएका थिए । यस्तै ब्राजिलमा अप्रिल ६ तारिखमा चार हजार दुई सय ११ जनाको ज्यान गएको थियो । भारतमा कोरोना सङ्क्रमण पुष्टि हुने सङ्ख्या भने घटिरहेको छ । पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ८३ हजार दुई सय ७६ जनामा सङ्क्रमण पुष्टि भएको भारतीय स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै भारतीय सञ्चारमाध्ययम हिन्दुस्तान टाइम्सले जनाएको छ ।

एकै दिन चार लाख भन्दा धेरै सङ्ख्यामा सङ्क्रमित थपिन थालेको भारतमा केही दिनदेखि दैनिक तीन लाख भन्दा थोरै सङ्क्रमित थपिन थालेका छन् ।

अन्तिम अपडेट: मंसिर ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया