ताउ–ते चक्रवातका कारण भारतमा कम्तीमा ३३ जनाको ज्यान गयो

 जेठ ५, २०७८ बुधबार ११:३३:५४ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अरब सागरमा उत्पन्न भएको ताउ–ते चक्रवातका कारण भारतमा कम्तीमा ३३ जनाको ज्यान गएको छ ।

गुजरात, केरला, गोवा, महाराष्ट्र, मुम्बइ लगायतका राज्यहरुमा प्रभाव पारेको चक्रवातले कम्तीमा ३३ जनाको ज्यान जानुको साथै ९० जना भन्दा धेरै हराइरहेका बीबीसी हिन्दीले जनाएको छ । मुम्बईको समुद्री किनार नजिक पी ३०५ जहाज डुब्दा उनीहरु हराएका हुन् ।

बेपत्ता भएकाहरुको खोजी भइरहेको भारतीय जलसेनाले जनाएको छ । चक्रवातको असरले गुजरातमा धेरै क्षति पुर्याएको छ । भारतीय मौसम विभागले आजदेखि चक्रवात कमजोर हुँदै जाने बताएको छ । गुजरातमा अझै केही समय ठूलो पानी भने पर्ने बताइएको छ ।

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चक्रवातबाट बढी प्रभावित गुजरातको अवलोकन गर्नुभएको छ । बिहान गुजरातका प्रभावित क्षेत्रको हवाइजहाजबाट अवलोकनपछि गुजरातका मुख्यमन्त्री विजय रुपाणीसँग छलफल गर्नुभएको बीबीसीले जनाएको छ । गुजरातमा सन् १९८८ पनि यो यस पटक ठूलो आँधी आएको हो । गुजरातका तटीय क्षेत्रहरुमा विद्युत सेवा र सडकहरु बन्द भएका छन् ।

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया