उत्तर प्रदेशमा काेराेना सङ्क्रमणबाट थप एक मन्त्रीकाे ज्यान गयाे

 जेठ ५, २०७८ बुधबार १६:७:२४ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – भारतको उत्तर प्रदेशमा कोरोना भाइरसबाट थप एक जना मन्त्रीको ज्यान गएको छ । प्रदेश सरकारका बाढी नियन्त्रण तथा राजस्व राज्यमन्त्री विजय कश्यपको कोरोना सङ्क्रमणबाट ज्यान गएको बीबीसीले जनाएको छ । 

यसअघि उत्तर प्रदेशका मन्त्रीहरू चेतन चौहान र कम रानी वरुणको पनि कोरोना सङ्क्रमणबाटै ज्यान गइसकेको छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले राज्यमन्त्री कश्यपको हिजो निधन भएको जानकारी दिँदै मृत्युप्रति दुःख व्यक्त गर्नुभएको छ । 

५६ वर्षका कश्यपको गुडगाउँमा रहेको मेदान्ता अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।   

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया