पाकिस्तानमा विषाक्त धूवाँका कारण एकैदिन १५ हजार जनाभन्दा धेर...
कात्तिक २९, २०८१ बिहिबार
काठमाण्डाै - भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या घट्न थालेको छ ।
सङ्क्रमित हुनेकाे सङ्ख्या बढेर दैनिक चार लाखभन्दा धेरै पुगेकोमा अहिले यो सङ्ख्या घटेर तीन लाखभन्दा कममा झरेको छ ।
गएको २४ घण्टामा भारतमा दुई लाख ७६ हजार दुई सय ६१ जनालाई सङ्क्रमण भएको छ । योसँगै भारतमा सङ्क्रमण हुनेको सङ्ख्या दुई करोड ५७ लाखभन्दा धेरै छ । भारतमा नयाँ सङ्क्रमितको सङ्ख्या घट्दै गए पनि मृत्युदर भने कम हुन सकेको छैन । गएको २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट तीन हजार ८ सय ८० जनाको ज्यान गएको छ ।
योसहित ज्यान गुमाउनेको सङ्ख्या दुई लाख ८७ हजार एक सय ५६ पुगेको छ । विश्वमा सबैभन्दा धेरै कोरोना सङ्क्रमित हुने देशको सूचीमा भारत दोस्रो स्थानमा छ । अमेरिका पहिलो स्थानमा छ भने ब्राजिल तेस्रो स्थानमा छ । अमेरिकामा गएको २४ घण्टामा २८ हजार ५ सय ४१ जना नयाँ सङ्क्रमित थपिएका छन् भने ६ सय ३६ जनाको ज्यान गएको छ ।
यस्तै, ब्राजिलमा झण्डै ८० हजार नयाँ सङ्क्रमित थपिँदा दुई हजार ४ सय ८५ जनाको ज्यान गएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।