भारत : कोरोना सङ्क्रमित बिरामीमा आँखाको ज्योति गुम्ने ‘ब्ल्याक फङ्गस प्रकोप’, राजस्थानमा महामारी घोषणा

 जेठ ६, २०७८ बिहिबार ११:१०:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतको राजस्थान सरकारले ‘ब्ल्याक फङ्गस’ महामारीको घोषणा गरेको छ ।

विशेषज्ञले कोरोना भाइरसको निको भएका मधुमेहका बिरामीमा यस्तो खालको समस्या धेरै देखिन थालेको बताएका छन् । यो समस्याले बिरामीको आँखाको ज्योती नै गुम्ने गरेको पाइएको छ ।  

राजस्थानको चिकित्सा स्वास्थ्य विभागले यो रोगको प्रकोप बढ्दै गएकाले महामारी नै घोषणा गरेको जनाएको छ । विभागले आँखामा समस्या देखिने बिरामीको सङ्ख्या बढ्दै गएको बताएको छ । राजस्थानका झण्डै एक सय बिरामी आँखा बिगार्ने ब्ल्याक फङ्गस रोगबाट पीडित भएका खबरमा उल्लेख गरिएको छ ।

यी बिरामीहरुको उपचारका लागि जयपुरको सवाई मानसिंह अस्पतालमा छुट्टै वार्ड बनाइएको छ । त्यहाँका मुख्यमन्त्री अशोक गहलोतले राजस्थानसहित देशका केही ठाउँमा कोरोना ठिक भएका बिरामीमा आँखा बिगार्ने ब्ल्याक फङ्गस देखिने क्रम बढ्दै गएको बताउनु भएको छ ।

अहिले दैनिक २० जना यस्तो समस्या लिएर अस्पताल पुग्ने गरेका पनि खबरमा भनिएको छ ।  गएको वैशाख २४ गते दिल्लीमा रहेको सर गंगा राम अस्पतामा यस्ता समस्या देखिएका झण्डै एक सय जना बिरामी पुगेका थिए भने ६९ जना बिरामी अस्पतालमा नै भर्ना भएका छन् ।

यो समस्या सुरुमा गुजरात र महाराष्ट्रका कोरोना सङ्क्रमित बिरामीमा देखिएको थियो । कोरोनाका कारण महाराष्ट्र सबैभन्दा धेरै प्रभावित भएको छ । त्यहाँ कोरोनाको सङ्क्रमण बिस्तारै कम हुँदै गए पनि ब्ल्याक फङ्गसले फेरि जोखिम बढाएको छ ।

महाराष्ट्रमा यो रोगका कारण ९० जनाको ज्यान गएको हुनसक्ने अनुमान गरिएको छ । यो रोग ढिलो गरी पत्ता लागेकाले पनि ज्यान गुमाउनेको सङ्ख्या बढेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया