इजरायलसँग एक–दुई दिनमै सङ्घर्षविराम : हमास नेता

 जेठ ६, २०७८ बिहिबार १३:२०:५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी/रासस

काठमाण्डाै – प्यालेस्टिनी विद्रोही समूह हमासका एक वरिष्ठ अधिकारीले इजरायल र गाजाको विद्रोहीबीच एक–दुई दिनमा युद्धविराम हुन सक्ने बताएका छन् ।

यद्यपि इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतान्हायुले भन्नुभएको छ, ‘इजरायली नागरिकको शान्ति र सुरक्षा सुनिश्चित नभएसम्म कारबाही चलिरहन्छ ।’

यसैबीच दुवै पक्षबीच लगाता एघार दिनदेखि आक्रमण भइरहेको छ । बिहीवार बिहान इजरायलले गाजामा हमास समूहको अड्डामा एक सयभन्दा धेरै आक्रमण गरेको छ ।   

प्यालेस्टिनी विद्रोहीले पनि जवाफी कारबाही गर्दै इजरायलमाथि रकेट प्रहार गरेका छन् ।   

जेरुसेलममा रहेको अल–अक्सा मस्जिदमा जान प्रतिबन्ध लगाइएपछि प्यालेस्टिनी नागरिक रिसाएपछि यहाँ हिंसा भड्किएको थियो । दुवैले यसलाई पवित्र स्थल मान्छन् ।   

हमास नेताले के भने ?  

हमासको राजनीतिक शाखाका नेता मूसा अबू मार्जूकले लेबनानको अल–मयादीन टीभीसँग भने, ‘मलाई लाग्छ दुवै पक्षबीच सङ्घर्षविराम गराउने प्रयास सफल रहन्छ ।’

उनले भने, ‘एक–दुई दिनभित्र सङ्घर्षविराम हुन सक्ने मलाई आशा छ र यो आपसी सहमतिबाट हुनेछ ।’

दुवै पक्षलाई सङ्घर्षविरामका लागि अन्तर्राष्ट्रिय दबाब बढेपछि हमास नेताको यो भनाइ आएको हो । 

बिहीवार दुवै पक्षबीच लगातार ११ दिनदेखि आक्रमण चलिरहेको छ । बिहीवार बिहान इजरायलले गाजामा हमास समूहको अड्डामा एक सयभन्दा धेरै आक्रमण गरेको छ । प्यालेस्टिनी विद्रोहीले पनि जवाफी कारबाही गर्दै इजरायलमाथि रकेट प्रहार गरेका छन् । बुधवार पनि दुवै पक्षमा यस्तै आक्रमण भएको थियो । 

१० दिनदेखि चलिरहेको हिंसामा गाजामा अहिलेसम्म कम्तीमा दुई सय २७ जनाको ज्यान गएको बीबीसीले जनाएको छ । गाजामा नियन्त्रण गर्ने हमासको स्वास्थ्य मन्त्रालयका अनुसार ज्यान गुमाउनेमा झन्डै सय जना महिला र बालबालिका छन् ।

इजरायलले गाजामा ज्यान गुमाउनेमा कम्तीमा एक सय ५० विद्रोही पनि रहेको बताएको छ । हमासले आफ्ना समूहका व्यक्तिको ज्यान गएकोबारेमा कुनै आँकडा दिएको छैन ।  

इजरायलकाअनुसार त्यहाँ दुई बालबालिकासहित १२ जनाको ज्यान गएको छ । 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया