रुखलाई अँगालाे हालेर संरक्षणकाे सन्देश दिने पर्यावरणविद् बहुगुणाको निधन

 जेठ ७, २०७८ शुक्रबार १७:३४:४ | एजेन्सी
unn.prixa.net

तस्बिर : हिन्दुस्तान टाइम्स

काठमाण्डाै – रुखलाई अँगालो हालेर संरक्षणको सन्देश दिने 'चिपकाे' आन्दोलनका प्रणेता एवम् पर्यावरणविद् सुन्दरलाल बहुगुणाको कोरोना भाइरसकाे सङ्क्रमणबाट निधन भएको छ ।

९४ वर्षीय बहुगुणाको उपचारका क्रममा शुक्रवार (आज) निधन भएको भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले जनाएको छ । उहाँ १३ दिनअघि अस्पताल भर्ना हुनुभएको थियो । उहाँ उच्च रक्तचाप र मधुमेह रोगबाट पिडित हुनुहुन्थ्यो ।

बहुगुणाले सन् १९७० मा रुखलाई अँगालो हालेर संरक्षणको सन्देश 'चिप्को' आन्दोलन सुरु गर्नुभएको हो । उत्तराखण्डबाट सुरु भएको आन्दोलन भारतको सबैजसो पहाडी क्षेत्रमा फैलिएको थियो । जसमा महिलाहरूको सहभागिता उल्लेख्य रहेको थियो ।

भारतमा कोरोना महामारीका बेला अक्सिजनको चरम अभाव भइरहेका बेला उहाँको अभियानलाई धेरैले सम्झिएका थिए । बहुगुणालाई भारत सरकारले सन् १९८१ मा पद्मश्री र सन् २००९ मा पद्म विभूषण पुरस्कार प्रदान गरेको थियो ।  

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया