एअर इण्डियामा साइबर आक्रमण : ४५ लाख ग्राहकको डाटा प्रभावित

 जेठ ८, २०७८ शनिबार १४:५३:३५ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – भारतको सरकारी स्वामित्वको एअर इण्डियाले आफ्ना डाटा सर्भरमा साइबर आक्रमण भएको बताएको छ ।

साइबर आक्रमणका कारण विश्वमा रहेका आफ्ना झण्डै ४५ लाख ग्राहकको डाटा प्रभावित भएको एअर इण्डियालाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । कम्पनीले राहदानी, हवाइ टिकटबारे सूचना अनि क्रेडिट कार्ड डाटा लगायतका विवरण प्रभावित भएको जनाएको छ । तर क्रेडिट कार्डबारे विवरण निसानामा परेका सर्भरमा नराखिएको कम्पनीले जनाएको छ ।

कम्पनीले फेब्रुअरी महिनामा साइबर आक्रमण बारे जानकारी पाएको पनि उल्लेख गरेको छ । साइबर आक्रमण कसले गर्यो भन्ने बारे केही खुलेको छैन । स्टार अलाएन्स नेटवर्कको सदस्यसमेत रहेको एयर इण्डियाले सन् २०११ को अगस्ट २६ देखि सन् २०२१ को फेब्रुअरी २० तारिखसम्ममा दर्ता भएका सबै जानकारी चुहिएको जनाएको छ । एअर इण्डियाले सबै ग्राहकहरूलाई उसको वेबसाइटको पासवर्ड फेर्न पनि आग्रह गरेको छ ।

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया