म्यानमारमा सुकीको पार्टी खारेज गर्नेे निर्वाचन आयोगको तयारी

 जेठ ८, २०७८ शनिबार १७:३०:४१ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीको पार्टी खारेज हुने सम्भावना देखिएको छ । त्यहाँको निर्वाचन आयोगले सुकीको पार्टी नेशनल लिग फर डेमोक्रेसी (एनएलडी)लाई खारेज गर्ने तयारी गरेको हो ।

गएको वर्ष भएको चुनावमा जालसाजी गरेको आरोप लगाउँदै यो पार्टी खारेज गर्ने बारेमा विचार गरिरहेको आयोगले स्पष्ट पारेको छ । सेनाद्वारा नियुक्त गरिएका आयोगका अध्यक्ष थेइन सोएले राजनीतिक दलहरुसँग भएको छलफलमा सुकीको पार्टी खारेज गर्ने बारेमा आफूहरुले विचार गरिरहेको जानकारी दिनुभएको हो ।

गएको वर्षको नोभेम्बरमा भएको चुनावमा एनएलडीले ८३ सिट जितेको थियो । यसलाई सेनाले धाँधलीपूर्ण भएको भन्दै असन्तुष्टि जनाउँदै आएको थियो । सेनाले गएको फेब्रअरी १ मा नेत्रृ सुकीसहितका नेतालाई हिरासतमा लिएर शासन सत्ता आफ्नो हातमा लिएको छ । यसको विरोधमा म्यानमारमा नागरिक आन्दोलन भइरहेको छ ।

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया