पर्थमा भारतको ऐतिहासिक जीत, अस्ट्रेलियालाई पहिलो टेस्टमा २ सय...
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – कोरोना संक्रमितको उपचारका लागि काठमाण्डाै महानगरपालिकाले सक्रियता बढाएको छ । पछिल्लो समय काठमाण्डाैमा बिरामीको सङ्ख्या बढिरहेको र उपचारमा समस्या हुँदा महानगरपालिकाले अस्पताललाई आवश्यक उपकरण र कर्मचारीसमेत सहयोग गरेर उपचारका लागि सक्रियता देखाएको हो ।
हिजोदेखि महानगरको अनुदान सहयोगबाट नरदेवी आयुर्वेदिक अस्पतालमा अक्सिजनसहित ५० शय्याको आइसोलेशन र सामाखुशीमा रहेको राधास्वामी कोभिड आइसोलेशन तथा अक्सिजन थेरापी सेन्टर पनि शुरु गरिएको छ । महानगरपालिकाले अरु ११ अस्पतालसँग सम्झौता गरी कोरोनाका बिरामीको स्वास्थ्य उपचारका लागि आवश्यक पर्ने उपकरण प्रदान गरिरहेको छ ।
महानगरको स्वास्थ्य महाशाखा प्रमुख हरि कुँवरका अनुसार सङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले १६ वटा ठाउँ तोकेर परीक्षणलाई तीव्र बनाएको छ । महानगरका ३२ वडाबाट अहिले हरेक दिन ६ सय जनाको परीक्षण हुने गरेको महानगरपालिकाको जनस्वास्थ्य महाशाखाले जनाएको छ ।
महानगरपालिकाका ल्याब टेक्निशियन राधिका कुइँकेलका अनुसार परीक्षणका लागि आवश्यकताअनुरुप टोली तयारी अवस्थामा रहेका छन् । एम्बुलेन्सको आवश्यकता पर्ने बिरामीका लागि अस्पतालसम्म लैजाने र ल्याउने व्यवस्था पनि महानगरपालिकाले नै गर्दै आएको छ । यसका लागि पनि बिरामीले पैसा तिर्नु पर्दैन । सेवा महानगरका ३२ वडामध्ये सात ठाउँबाट नागरिकले प्राप्त गर्न सक्नेछन् । निःशुल्क एम्बुलेन्सको लागि आवश्यक पर्ने जो कोहीले ११८० महानगरपालिकाको हटलाइनमा सम्पर्क गर्नुपर्ने छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।