घाेडाघाेडी–११ ले डडेल्धुरालाई १ विकेटले हरायाे
माघ २४, २०८१ बिहिबार
काठमाण्डाै - भारतमा फेरि अर्को आँधीको चेतावनी जारी भएको छ ।
अरब सागरमा उत्पन्न भएको ताउ–तो चक्रवातको प्रभाव झेलेको केही दिनमै यास नामको चक्रवात उत्पन्न भएको भारतको मौसम विभागले जनाएको छ ।
बङ्गालको खाँडीमा उत्पन्न हुने चक्रवातले भारतको पश्चिम बङ्गाल र ओडिसा राज्यमा प्रभाव पार्ने राष्ट्रिय विपद् व्यवस्थापन विभागलाई उदृत गर्दै बीबीसीले जनाएको छ । भारतीय गृहमन्त्री अमित शाहले प्रभावित क्षेत्रमा हुने क्षति न्यूनीकरणका लागि सेनालाई तयारी अवस्थामा राखिएको बताउनुभयो ।
भोलि बेलुकासम्म समुद्रबाट उठ्ने आँधी आउँदो बुधवार तटीय क्षेत्रमा ठोक्किने बताइएको छ । पश्चिम बङ्गाल र ओडिसाको तटीय क्षेत्रमा एक सय ६५ किलोमिटर प्रतिघण्टासम्मको गतिमा हावा चल्नुकासाथै ठूलो पानी पर्ने सम्भावना रहेको मौसम विभागलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
यास चक्रवातले पार्ने प्रभाव र विपद् व्यवस्थापनका बारेमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मौसम विभाग र राष्ट्रिय विपद् व्यवस्थापन विभागका पदाधिकारीसँग बैठक गर्दै हुनुहुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।