काेराेना सङ्क्रमण भइ ज्यान गुमाउने डाक्टरकाे परिवारलाई १ कराेड भारु दिने केजरीवालकाे घाेषणा

 जेठ ९, २०७८ आइतबार १४:१४:४१ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – भारतको दिल्ली सरकारले बिरामीको उपचार गर्दै गर्दा कोरोना सङ्क्रमित भएर ज्यान गुमाउने डाक्टरको परिवारलाई एक करोड भारु क्षतिपूर्ति दिने घोषणा गरेको छ । आइतवार पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री केजरीवालले यस्तो घोषणा गर्नुभएको हो । 

मुख्यमन्त्री केजरीवालले लकडाउनले दिल्लीलाई फाइदा पुगेको पनि बताउनुभएको छ । यही कारण राजधानीमा पोजेटिभ दर ३६ प्रतिशतबाट घटेर दुई दशमलव पाँच प्रतिशतमा घटेको उहाँको भनाइ छ । 

उहाँले भन्नुभएको छ, ‘अवस्था सुधारिँदै गएको छ तर हामीले युद्ध जितिसकेका भने छैनौँ । हामी अझै पनि अनुशासित र संयमित बन्नुपर्छ ।’

यसैबीच दिल्लीमा एक हप्ताका लागि लकडाउन बढाइएको छ । अब राजधानी दिल्लीमा लकडाउन बढाएर मे ३१ बिहान ५ बजेसम्म लागू गरिएको छ । 

दिल्लीमा खोपको कमी 

मुख्यमन्त्री केजरीवालले एक पटक फेरि दिल्लीमा कोरोनाविरुद्धको खोपको कमी भएको बताउनुभएको छ । 

उहाँले भन्नुभएको छ, ‘दिल्ली र देशभरि नै खोपको कमी छ । हामीसँग पर्याप्त खोप भए तीन महिनामा पूरै दिल्लीको जनसङ्ख्यालाई खोप लगाउने योजना बनाएका छौँ ।’

दिल्लीमा खोपको कमीका कारण १८ देखि ४४ वर्षसम्मको खोप अभियान बन्द गरिएको छ । यसअघि मुख्यमन्त्री अरविन्द केजरीवालले केन्द्र सरकारसँग पर्याप्त खोप उपलब्ध गराउने अपिल गर्नुभएको थियो ।  

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया