नयाँ स्टक एक्सचेन्जको विषय अगाडि बढाउँछु : धिताेपत्र बाेर्डका ...
मंसिर १२, २०८१ बुधबार
काठमाडौं - म्यान्मारका राष्ट्रपति मीन मेइन्ट चारदिवसीय नेपाल भ्रमणका क्रममा यही भदौ १२ गते साँझ काठमाडौं आउनुहुने भएको छ ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास(बिम्स्टेक) को चौथो शिखर सम्मेलनका सिलसिलामा हुन लागेको उहाँको यो भ्रमणका बेला नेपालका राष्ट्राध्यक्ष र सरकार प्रमुखसँग बेग्लाबेग्लै भेटवार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
म्यान्मारका राष्ट्रपति शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण पूरा गरी भदौ १५ गते स्वदेश फर्कनुहुनेछ ।
यसैगरी, श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले भदौ १३ देखि १६ गतेसम्म नेपालको सद्भावना भ्रमण गर्नुहुने भएको छ ।
बिम्स्टेक शिखर सम्मेलनकै सिलसिलामा हुन लागेको उहाँको यो भ्रमणका अवसरमा नेपाल र श्रीलङ्काबीच विद्वत् समूह गठनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताउनुभयो ।
परराष्ट्र मन्त्रालयमा शुक्रबार भएको पत्रकार सम्मेलनमा उहाँले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी भदौ १४ गते काठमाडौँ आइपुग्ने जानकारी दिँदै भदौ १५ गते उहाँले आफ्ना नेपाली समकक्षी केपी शर्मा ओलीसँग द्विपक्षीय वार्ता गर्ने बताउनुभयो ।
भारतका प्रधानमन्त्रीसँगको भेटवार्तापछि काठमाडौँ–रक्सोल रेलसेवा सञ्चालनको सम्भाव्यता अध्ययन र मालवाहक रेलसेवासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनका साथै भारत सरकारको सहयोगमा पाशुपत क्षेत्रमा निर्मित धर्मशालाको उद्घाटन हुने जानकारी मन्त्री ज्ञवालीले दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।